पुस १८ । अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भएको ६ महिनाभन्दा पनि बढी समय घर्किसकेको छ। तर, अहिलेसम्म उनको मृत्युको कारणबारे पत्ता लाग्न सकेको छैन। यस केससँग जोडिएका कैयौंको जिन्दगीमा गहिरो प्रभाव पनि परेको छ। यस्तैमध्येकी एक हुन् कलाकार रिया चक्रवर्ती। जो शुरुवातबाटै यो केसमा जोडिएकी छन्।
सुशान्तका परिवारले रियाविरुद्ध उजुरी दर्ता गरेका थिए। धोखाधडी गरेको आरोप थियो। तर, सिबीआईको छानबिनका क्रममा रिया निर्दोश पाइएकी थिइन्। ड्रग्स केससँग जोडिएपछि उनको बलिउडमा करिअर नै चौपट भएको छ। जसलाई ठूलो फिल्ममा काम गरेको देख्न चाहन्थे दर्शक। तर, अब उनीसँग कुनै ठूलो फिल्म छैन।
एक वर्षजति उनको सर्वव्यापी आलोचना भए पनि नयाँ वर्षको उमंगसँगै पुनः उनलाई आफ्नो करिअरमा पाइला टेक्ने मौका मिलेको छ। खबर अनुसार रुमी जाफरीको एक फिल्मबाट रियाले रिइन्ट्री गर्दैछिन्। साथै उनी अमिताभ बच्चनसँग पनि देखिने भएकी छन्। सुशान्त केसका कारण उनलाई निकै क्षति पुगेको छ। निर्माता पनि उनलाई लिनका लागि समस्या मानिरहेका छन्। एजेन्सी


























