काठमाडौं, पुस १५ । नबिल बैंकको सेयर मूल्य समायोजन भएको छ। नेप्सेले बैंकको ३३ .५० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो। समायोजनपछिको भाउ १०३८ रुपैयाँ निर्धारण भएको छ। यहि भाउलाई आधार मानेर बुधबार यसको सेयर कारोबार खुल्नेछ। नेप्सेले मंगलबार अन्तिम कारोबार मूल्य १३८६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो।
बैंकको पुस २९ गते बस्ने साधारण सभाको लागि आज बुधबार पुस १५ गते बुक क्लोज गरेको छ। जसअनुसार मंगलबार पुस १४ गतेसम्म कायम सेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन्। बैंकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ३३.५ प्रतिशत बोनस र १.७६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो।
Facebook Comments


























