पुस ११ । गायक सुमन केसी र गायिका मेलिना राईको सहकार्यमा तयार भएको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘पिरती’ बोलको गीतमा अम्बिका गुरुङको शब्द तथा दीपक शर्माको संगीत सुन्न सकिन्छ।
सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र सुशिला थापाको अभिनय रहेको छ। भिडियोमा नाजिर सुशिलालाई निकै रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। नाजिर र सुशिलाको नृत्य पनि भिडियोमा देख्न सकिन्छ।
निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा सुवोल थापाको करियोग्राफी रहेको छ। भिडियोमा बुद्ध थापाको छायांकन, सुरेश काफ्लेको ड्रोन तथा विकाश धमलाको सम्पादन रहेको छ। भिडियोलाई भवसागर इन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
Facebook Comments


























