पुस ११ । फ्रान्समा पनि कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको छ। डिसेम्बर १९ मा बेलायतबाट फ्रान्स फर्किएका टुअर्स शहरका एक व्यक्तिमा नयाँ स्वरूपको कोरोना भाइरसको संक्रमण देखिएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि बेलायत र दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको थियो।
कोरोना भाइरस (कोभिड-१९) को खोप भर्खरै प्रयोगमा आइरहँदा नयाँ प्रजातिको भाइरस अझ खतरनाक बनेर तीव्ररूपमा फैलिन थालेपछि विज्ञहरू चिन्तित बनेका छन्।
फ्रान्सको स्वास्थ्य मन्त्रायले नयाँ कोरोना भाइरसबाट संक्रमित ती व्यक्तिलाई आइसोलेसनमा राखिएको जानकारी दिएको छ। बेलायत र दक्षिण अफ्रिकामा फेला परेका कोरोनाको नयाँ रूप पहिलेका भाइरसभन्दा निकै घातक र संक्रामक रहेको बीबीसीले जनाएको छ। एजेन्सी
Facebook Comments


























