काठमाडौं, पुस ५ । आकस्मिक रुपमा बसेको मन्त्रिपरिषदको बैठकले संसद विगठन गर्ने निर्णय गरेको छ। सत्तारुढ नेकपा भित्रको विवाद पेचिलो बन्दै गएका बेला बोलाइएको आकस्मिक मन्त्रिपरिषदको बैठकले संसद विगठनको सिफारिस गरेको हो।
प्रधानमन्त्री ओली शनिबार दिनभर सहमतिका लागि भन्दै सक्रिय भएका थिए। उनले सत्तारुढ नेकपाका नेताहरु र राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए।
शनिबार ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनकै निवास खुलमटार पुगेका थिए। उनले पार्टी भित्रको विवाद मिलाउनका लागि स्थायी कमिटीमा पेश भएको प्रतिवेदन फिर्ता लिन आग्रह गरेका थिए। दाहालले सबै कुराको छिनोफानो स्थायी कमिटीले गर्ने अडान राखेका थिए। ओलीले हिजै सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापालाई उनकै सरकारी निवास पुल्चोकमा गएर भेटेका थिए।
सहमतिका लागि भूमिका खेल्न थापालाई ओलीले आग्रह गरेको स्रोतले जनाएको छ। यस्तै प्रधानमन्त्री ओलीले हिजै नेताहरुसँगको भेटवार्ता सकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गरेका थिए।


























