काठमाडौं, पुस ५ । मन्त्रिपरिषदको आकस्मिक बैठक भर्खरै सकिएको छ। बैठक झण्डै एक घण्टा बसेको थियो। बैठकमा भएको छलफल र निर्णय सार्वजनिक भएको छैन।
हिजो राजनीतिक भेटवार्तामा व्यस्त रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक मन्त्रिपरिषद बैठक बोलाउनुलाई महत्वका साथ हेरिएको छ।प्रधानमन्त्री ओलीले हिजो राष्ट्रपति विद्यादेवी भण्डारी र कार्यकारी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए।
Facebook Comments


























