चितवन १ पुस । भरतपुर हाइटमा रहेको सिजी ल्याण्डमार्कस्थित द फन रेसिडेन्सी (होटल चितवन)ले द साउथ एसियन ट्राभल अवार्ड अन्तर्गत लिडिङ इको फ्रेण्डल्ली सिटी होटलको उपाधी पाएको छ। १५ डिसेम्बर-२०२० को दिन उक्त अवार्डबाट सम्मानित भएको हो। दक्षिण एसियाको दर्जनौँ होटलहरुको नोमिनेशनमा परेका थिए। तीमध्ये चितवनबाट द फलन रेसिडेन्सीले अवार्ड पाएको हो।
होटलले छोटो समयमै उत्कृष्टता प्राप्त गरेपछि सेवाग्राहीप्रति होटलको जिम्मेवारी थप भएको होटलका व्यवस्थापक दीपेन्द्र पोखरेलले जानकारी दिए। होटलले यही मौकामा दुई नयाँ कार्यक्रम गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ। क्रिसमसको अवसरमा यही पुस ९ गते परेको ‘क्रिसमस-२०२०’ आयोजना गर्न लागेको व्यवस्थापक पोखरेलले बताए। गायक निशान भट्टराईको बेजोड प्रस्तुति रहने गरी आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन चाहनेहरुले रु दुई हजार २० को टिकटको व्यवस्था गरिएको उनले बताए।
साथै अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा ‘न्यू इयर इभ’ समेत आयोजना गर्न लागेको उनले बताए। उनका अनुसार उक्त कार्यक्रममा भने नेपाल आइडलको टप थ्रीमा पर्न सफल गायक किरण भुजेलसहित स्थानीय कलाकारहरुको उपस्थितिमा सांगितिक प्रस्तुति रहनेछ। सबै कार्यक्रम स्वास्थ्य सुरक्षाक मापदण्ड पालना गरेर गर्न लागेको व्यवस्थापक पोखरेलले जानकारी दिए।


























