चितवन, मंसिर २९ । चितवनमा जारी गौतम बुद्ध कप क्रिकेटमा टिम नारायणीले टिम राप्तीलाई १३९ रनको लक्ष्य दिएको छ। चितवनस्थित गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानको हाताभित्र रहेको नमुना मैदानमा टस जितेर पहिले व्याटिङ गरेको नारायणीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन बनायो।
नारायणीका लागि किशोर महतोले सर्वाधिक ३६ रनको योगदान गरे। त्यस्तै करण केसीले ३२ रन बनाउँदा सुसन भारीले १८ रन तथा रित गौतमले १३ रन बनाए। बलिङतर्फ राप्तीका लागि अविनास बोहोराले सर्वाधिक तीन विकेट लिए। त्यस्तै सूर्य तामाङले दुई विकेट लिए। राप्तीका लागि जितेन्द्र मुखिया, भुवन कार्की र कमल सिंहले समान एक–एक विकेट लिए।
आजको खेलमा जित निकाल्दै दुबै टोली तालिकाको शीर्ष स्थानमा रहने योजनामा रहेका छन्। दुबै टोली यसअघि नै फाइनलमा प्रवेश गरि सकेका छन्।


























