मंसिर २८ । ईरानकी शहर तबरलाई १० वर्षको जेल सजाय तोकिएको छ। उनमाथि ईशनिन्दा, अनुचित साधनबाट पैसा कमाउने र युवालाई भ्रष्टाचारको लागि उक्साएको आरोप लागेको छ।
१९ वर्षीया तबरले एन्जेलिना जोली जस्ते देखिनको लागि आफ्नो प्लाष्टिक सर्जरी गराएकी थिइन्। उनी इन्स्टाग्राममा धेरै सक्रिय रहन्छिन्। यो वर्षको अक्टोबरमा उनलाई आफ्नो सोसल मिडियामा विभिन्न गतिविधि देखाएको भन्दै पक्राउ गरिएको थियो। एजेन्सी
Facebook Comments


























