तनहुँ, मंसिर २७ । सेती नदीको बीचमा फेला परेको शवलाई नेपाली सेनाले निकलेको छ। शनिबार सेती नदीको बीच भागमा ढुंगामा अड्किएको अवस्थामा रहेको पुरुषको शव सेनाले निकलेको हो।
नदीको बीचमा रहेको शव घिरिङ गाउँपालिकाका २९ वर्षीय बलसिंह रानाकोे भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। आफन्तले यही मंसिर २५ गते रानालाई खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए।
राना ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका १३ स्थित सेती नदीमा मृत अवस्थामा भेटिएका हुन्। सेतीको बीच भागमा अड्किएको अवस्थामा रहेको शवलाई नेपाली सेनाले निकालेको हो।
Facebook Comments
























