मसिर २५ । अमेरिका विमान निर्माता कम्पनी बोइङ ७३७ म्याक्स सिरिजको विमानको पुनः उडान सुरु भएको छ। यो सिरिजको विमानमा समस्या देखिएपछि २०१९ को मार्चदेखि विश्वभरको बोइङ म्याक्स सिरिजको विमान उडानमा रोक लगाइएकोमा ब्राजिलको गोल एअरलाइन्सले पहिलो पटक व्यावसायिक उडान सुरु गर्ने पहिलो राष्ट्र बनेको छ।
विमानले ब्राजिलको साओ पाउलोबाट पोर्टो एलेग्री शहरका लागि पहिलो उडान गरेको छ। सन् २०१९ को पाँच महिनाको अवधिमा दुईपटक दुर्घटना हुँदा ३ सय ४६ जनाको मृत्यु भएपछि यो सिरिजको विमान उडानमा रोक लगाइएको थियो। पुनः उडानका लागि ब्राजिलले १ सय ४० जना चालकदललाई प्रशिक्षण दिएको थियो। ब्राजिलको गोल एअरलाइन्ससँग ७ वटा ७३७ म्याक्स विमान रहेका छन्।
उडानमा रोक लगाइएपछि विमान निर्माता कम्पनीहरुले उडान नियन्त्रणमा लिई अपडेट गर्ने, चालक दलको प्रक्रियाहरुमा संशोधन गर्ने र विमानको सामग्रीहरु परिमार्जन गरेको ब्राजिलको गोल एअरलाइन्सका उपाध्यक्ष सेल्सो फेरेरले बताए। उनले २० महिनाको प्रयासपछि बोइङ ७३७ म्याक्स सिरिजको विमान पुनस् उडान गरिएको बताए।एजेन्सी


























