काठमाडौँ, मंसिर २२ । अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै छन्। उनी धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन्। उनको विवाह काठमाडौँस्थित गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ।
उनले यसअघि वि.सं २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो।
Facebook Comments


























