मंसिर १९ । कोरोना भाइरसविरुद्धको फाइजररबायोएनटेक खोपको पहिलो लट बेलायतमा पुगेको छ। बेलायतले गएको बुधबार सर्वसाधारणको प्रयोगका लागि फाइजररबायोएनटेक खोपलाई स्वीकृति प्रदान गरेको थियो।
आइपुगेको खोप केन्द्रीय हबमा राखिएको बताइएको छ। तर स्थान भने नखुलाइएको बिबिसीले जनाएको छ। आइपुगेको खोपलाई बेलायतका विभिन्न अस्पतालका खोप केन्द्रहरुमा वितरण गर्ने तयारी छ। बेलायतले फाइजररबायोएनटेकको खोपको चार करोड जोड अडर गरेको छ, जुन दुई करोड व्यक्तिका लागि पुग्ने छ।
पहिलो चरणको खोप कार्यक्रमले कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुने वा मृत्यु हुनेको संख्या ९९ प्रतिशतसम्म घटाउने इंग्ल्याण्डका डेपुटी चिफ मेडिकल अफिसरले बताएका छन्।
प्राध्यापक जोनथन भान–तामले बिबिसीसँग प्राथमिकताको सूचिमा रहेका सबैले खोप लगाउने बताएमा यो कुरा सम्भव रहेको बताएका हुन्। खोप जतिसक्दो चाँडो वितरण गरिने पनि उल्लेख गरेका छन्। बेल्जियममा उत्पादन गरिएको खोप युरोटनेल हुँदै बेलायतसम्म लगिएको हो।
बेलायतले पहिलो चरणको खोपका लागि प्राथमिकता सूचिमा केयर होममा रहेका पोको उमेरका व्यक्ति तथा त्यहाँका कर्मचारी, ८० वर्ष भन्दा माथिका व्यक्ति र स्वाथ्यकर्मी तथा स्याहारमा खटिने कर्मचारीहरुलाई राखेको छ। एजेन्सी


























