काठमाडौं, मंसिर १८ । प्रदेश २ सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। बिहीबार प्रदेश नं.२ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले केपी शर्मा ओली सरकारबिरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण आदेश जारी गरी पाउँ भन्दै रिट दायर गरेका हुन्।
उनले संघीय सरकारले प्रदेशको अधिकार कटौली गरेको भन्दै उत्प्रेषण आदेश पाउन माग गर्दै रिट दायर गरेका छन्। प्रदेश सरकारले संघीय सरकारबाट अधिकार कटौती भएको भन्दै विरोध गर्दै आएका छन्।
Facebook Comments


























