काठमाडौं, मंसिर १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ। बैठक मंसिर २० गते बस्ने गरी स्थगित भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा आज २ बजेको लागि बोलाइएको बैठक केहीबेर बसेर स्थगित भएको हो। बैठकमा सचिवालयका सबै सदस्यहरू उपस्थित भएका थिए।
Facebook Comments


























