भोजपुर, मंसिर १७ । भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ बाट लोपोन्मुख वन्यजन्तु सालकको खपटा सहित १ जना पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय ईच्छा कुमार राईलाई १.५ केजी सालकको खपटा सहित पक्राउ गरेको हो।
पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
Facebook Comments


























