काठमाडौं, मंसिर १६ । आज ३३औँ विश्व एड्स दिवस। विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। ‘एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवार’ भन्ने नारासहित आज विविध कार्यक्रम हुँदैछ। एड्स भएपछि शरीरको रोगसँग लड्ने क्षमता ह्रास भएर क्यान्सर जस्ता अवसरवादी रोग लाग्ने विज्ञहरू बताउँछन्।
रगतको परीक्षण गरेपछि एचआईभी भए नभएकोबारे थाहा हुन्छ। विशेष गरेर असुरक्षित शारीरिक सम्पर्क गर्ने व्यक्ति, सुईमार्फत ड्रग्स लिने व्यक्तिले एचआईभीको जाँच समयमै गराउनु पर्ने चिकित्सकहरू बताउँछन्।
एचआईभी सार्ने मुख्य कारणमध्ये नेपालमा ७६ प्रतिशत असुरक्षित शारीरिक सम्पर्कबाट नै सर्ने गरेको अनुसन्धानले देखाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ सङ्क्रमण हुने दर ६४ प्रतिशतले घटेको छ। सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखमा यो दिवस मनाइन्छ।


























