काठमाडौं, मंसिर १३ । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को जारी निर्वाचनमा जिल्लारनगरतर्फको मतदान सम्पन्न भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको मतदान भर्खरै सकिएको हो। जिल्ला/नगरतर्फ कूल १०५ मतदाता रहेका छन्।
महासंघको केन्द्रीय कार्यालय (टेकु), प्रज्ञा प्रतिष्ठान (कमलादी) र कार्की व्याङ्क्वेट (माइतीघर) गरी तीन ठाउँमा मतदान भइरहेको छ। उद्योगी व्यवसायीहरुको निर्वाचन निर्धारित समयभन्दा झण्डै ९ महिना ढिलो गरी भइरहेको हो। आज बिहान करिब ९ बजेदेखि तोकिएको तीन स्थानमा मतदान सुरु भएको थियो।
Facebook Comments


























