पोखरा, मंसिर १२ । आफ्नै १३ वर्षीया नाबालिग छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३९ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। ति पुरुषले आफ्नै छोरीलाई विगत केही वर्ष अगाडिदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएका थिए। गएको मंसिर ६ गते फकाई फुल्याई होटलमा लगेर अश्लिल फोटो एवं भिडियो देखाएर बलात्कार गरेका थिए।
पक्राउपछि जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
Facebook Comments


























