चितवन, मंसिर १२ । चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुरस्थित चितवन मेडिकल कलेजमा भरतपुर महानगरपालिका–१७ का ५१ वर्षीय पुरूषको बिहीबार राति ८ः२७ बजे मृत्यु भएको हो।
श्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार राति उपचारका लागि ल्याइए पनि मेडिकल कलेज आइपुग्नु पूर्व नै उनको मृत्यु भइसकेको पाइएको मेडिकल कलेजका निर्देशक प्रा.डा.दयाराम लम्सालले बताए। डा.लम्सालका अनुसार उनीमा मंसिर १० गते कोरोना संक्रमण पुष्टि भएको थियो।
Facebook Comments


























