काठमाडौं, मंसिर १२ । महोत्तरीको बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलाप्सा खातुनको हत्या विरोधमा प्रदर्शनमा उत्रिएकामाथि भएको दमनको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।
हत्या विरोधमा उत्रिएकाहरु मध्य संजय भनिने बुद्धिराज गुरुङको प्रहरीले चलाएको गोलीका कारण ज्यान गएको थियो। अन्य केही प्रदर्शनकारी पनि घाइते भएका थिए। उक्त घटनाको छानबिन गर्न मन्त्रालयले उपसचिवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।
मृत बालिकाको परिवार, प्रदर्शनमा घाइते भएका र मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहत दिने कामसमेत मन्त्रालयले अघि बढाएको विज्ञप्तिमा उल्लेख छ।
Facebook Comments


























