काठमाडौं, मंसिर १० । नायिका केकी अधिकारी फिल्म निर्माणको तयारीमा जुटेकी छिन्। यसअघि ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेकी केकीले ‘बोक्सीको घर’ नामक फिल्म बनाउने बताएकी हुन्। सुलक्षण भारतीको लेखन तथा निर्देशन नाटक ‘बोक्सीको घर’ वि.सं.२०७३ को साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन गरिएको थियो।
यो फिल्मलाई सुव्रतराज आचार्य र सुलक्षण भारतीले संयुक्त रुपमा निर्देशन गर्ने भएका छन्। फिल्म्मा गौरव पहारी र केकी अधिकारीको शीर्ष भूमिका रहने जनाइएको छ।
निर्माण टिमले दिएको जानकारी अनुसार अन्य कलाकारको छनोट हुन भने बाँकी रहेको छ। फिल्मको फस्ट लूकसमेत सार्वजनिक गरिएको छ। सामाजिक कथावस्तुमा आधारित यो फिल्ममा बद्री अधिकारीको निर्माण रहनेछ।
Facebook Comments


























