काठमाडौं, मंसिर १० । साताको दोस्रो कारोबार दिन सोमबार स्थिर रहेको सुनको भाउ आज पनि घटेको छ। जसअनुसार बजारमा सुनको भाउ मंगलबार र बुधबार गरी दुई दिनमै दुई हजार ८०० रूपैयाँले घटेको छ। हिजो एकै दिन सुनको भाउ तोलामा एक हजार ८०० ले घटेको थियो।
यस्तै आज एक हजार रूपैयाँले ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ ९१ हजार ५०० रूपैयाँ कायम छ। मंगलबार यसको भाउ ९२ हजार ५०० रूपैयाँ कायम थियो।
यस्तै आज तेजाबी सुनको भाउ ९१ हजार रूपैयाँ कायम भएको छ। चाँदी प्रतितोला मूल्य एक हजार १७५ कायम छ। हिजो चाँदीको भाउ प्रतितोला एक हजार १८० रूपैयाँ थियो।
Facebook Comments


























