काठमाडाैँ ९ मंसिर । गायक प्रताप दास नयाँ गीत ‘तिमी खुसी हुनु’ लिएर दर्शकस्राेतामाझ आएका छन्। पुराना सर्जक दिनेश अधिकारीको रचना र राजकुमार बगरको संगीतमा तयार भएकाे गीतमा कमल साैरागले संगीत संयाेजन गरेका छन्। विन्दवासिनी म्युजिक कम्पनीकाे युट्युब च्यानलबाट सार्वजनिक भएकाे गीतकाे भिडियोमा सृष्टि खड्का, सनिश श्रेष्ठ र प्रेम श्रेष्ठको अभिनय देख्न सकिन्छ। सन्तोष राजवाहकले निर्देशन गरेकाे भिडियाेलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। गायक प्रताप दास पछिल्लाे समय सबैभन्दा लाेकप्रिय गायककाे रुपमा पर्छन्। नेपाल आइडलबाट उदायका गायक दासले दर्शकस्राेताकाे लागि नयाँनयाँ स्वाद चखाउँदै आएका छन्। उनले गाएका प्राय सबै गीतले चर्चाकाे शिखर चुमेका छन्।
Facebook Comments


























