मंसिर ९ । कोरोन भाइरसको संक्रमण बढेपछि पाकिस्तानमा फेरि शैक्षिक संस्थाहरु बन्दको घोषणा गरिएको छ। सरकारी अधिकारीहरुले सोमबार गरेको घोषणा अनुसार आगामी बिहीबारदेखि शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन्। घोषणामा शैक्षिक संस्था अर्को बर्षको जनवरी १० तारिखसम्म बन्द गर्ने उल्लेख गरिएको छ।
शैक्षिक संस्थाहरु बन्द हुने भएपछि अहिले तय गरिएका सवै परीक्षाहरु पनि स्थगित गरिएको अधिकारीहरुले जानकारी दिएका छन्। वर्ल्डोमिटर्सका अनुसार पाकिस्तानमा मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ३ लाख ७६ हजार ९२९ जनामा संक्रमण पुष्टि भएको छ। एजेन्सी
Facebook Comments

























