मंसिर, ८ । बलिउड कमेडियन भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियालाई मुम्बईको नारकोटिक्स ड्रग्स एण्ड साइकोट्राफिक सब्सटेन्सेजकोर्टबाट जमानत मिलेको छ। एनसीबीले गाँजा लिएको आरोपमा उनीहरुलाई शनिवार र आईतवार पक्राउ गरेको थियो। शनिवार भारती र आईतवार हर्षलाई पक्राउ गरेर अदालतमा पेश गरेको थियो।
उनीहरुसँग भएको सोधपुछमा उनीहरुले गाँजा लिएको स्विकारेका थिए। उनीहरुको घरबाट ८६.५ ग्राम गाँजा बरामद भएको थियो। कोर्टले आईतवार उनीहरुलाई ४ डिसेम्बरसम्म न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो। भारतीलाई कल्याण जेल र हर्षलाई तलोजा जेलमा राखिएको छ। एनसीबीले आईतवार भारतीलाई ज्यूडिशियल कस्टडी र हर्षलाई रिमाण्ड मागेको थियो। तर कोर्टले दुबैलाई न्यायिक हिरासतमा पठाएको थियो। एजेन्सी
Facebook Comments


























