उत्तरप्रदेश, मंसिर ५ । भारत उत्तरप्रदेशमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। वैवाहिक समारोहमा गएर फर्किएको जीप प्रतापगढ जिल्लामा दुर्घटना हुँदा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।
विवाहमा गएर आफ्नो गाउँ फर्किन लागेकाहरु सवार बोलेरो जिप प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको एक ट्रकमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो।
चालक निदाएका कारण दुर्घटना भएको अनुमान गरिएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाबाट आफू मर्माहत भएको बताउँदै घाइतेको उद्धार र उपचारमा कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। एजेन्सी
Facebook Comments


























