मंसिर ५ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतको अहमदाबादमा आज (शुक्रबा) देखि रातको समयमा कर्फ्यू घोषणा गरिएको छ। कोरोना संक्रमण बढ्दै गएपछि गुजरात सरकारले अहमदाबादमा रातको समयमा कर्फ्यू लगाउने निर्णय गरेको समाचार संस्था पिटिआईले जनाएको छ।
राति ९ बजेदेखि बिहान ६ बजेसम्म हरेक रात कर्फ्यू आदेश जारी भए पनि यो कहिलेसम्म कायम छ भन्ने खुलाइएको छैन। यो समाचार तयार पार्दासम्म गुजरातमा ३ हजार ८३० जनाको संक्रमितको मृत्यु भएको छ। अहमदाबादमा मात्रै अहिलेसम्म ४६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ।
Facebook Comments


























