कैलाली, मंसिर ३ । छिमेकीलाई चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा एक युवा पक्राउ परेका छन्। ३० वर्षीय प्रताब साउदलाई धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा गोदावरीका ३० वर्षीय लोकराज न्यौपानेलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
न्यौपानेले चक्कु प्रहार गर्दा साउद घाइते भएका थिए। अस्थायी प्रहरी पोष्ट चौकीडाँडाबाट खटिएको प्रहरीले न्यौपानेलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
Facebook Comments


























