काठमाडौँ, मंसिर २ । सरकारले आज सार्वजनिक बिदा दिएको छ। हरेक वर्ष भाइटीकाको भोलिपल्टबाट लाग्ने सरकारी कार्यालय आज सार्वजनिक बिदा परेकाले खुल्ने छैनन्।
नेवार समुदायका केही समूहले आज पनि (किजापूजा) भाइटीका लगाउने भएकाले सरकारले सार्वजनिक बिदा दिएको हो। आज बिहानको केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका (किजापूजा) लगाउँदैछन्।
Facebook Comments


























