काठमाडौँ, मंसिर २ । नेवार समुदायका केही समूहले आज भाइटीका लगाउँदै छन्। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका बहुसंख्यक नेपालीले भने सोमबार नै मनाएका छन्।
आज बिहानको केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका लगाउने भएका हुन्। सरकारले भाइटीका (किजापूजा) का लागि आज सार्वजनिक बिदा दिएको छ।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी तथा सप्तरङ्गी टीका लगाएर मनाइन्छ। आज बालगोपालेश्वरी मङ्गलबार पनि बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने जनाइएको छ।
Facebook Comments


























