जनकपुरधाम, मंसिर १ । लागुऔषध सहित महोत्तरीबाट तीनजना पक्राउ परेका छन्। महोत्तरीको सम्सी गाउँपालिकाबाट १ र जलेश्वरबाट २ जना पक्राउ परेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
सम्सी गाउँपालिका वडा नं.६ सम्सी बजार स्थित प्रहरी चौकि सम्सीबाट खटेको गस्ति टोलीले पैदल यात्री बर्दिबास नगरपालिका वडा नं.२ का ३५ वर्षीय शिव परियारलाई नाइट्रोभेट ट्याब्लेट ७५ पिस र स्पास्मो प्रोक्सिभोन प्लस ४० पिस सहित नियन्त्रणमा लिएको प्रवक्ता विष्टले जानकारी दिए। त्यस्तै जलेश्वर नगरपालिका वडा नं.६ मलिवारा बजार स्थित प्रहरी चौकि मलिवाराबाट खटेको गस्ती टोलिले मोटरसाईकल चेकजाँच गर्दा दुईजनालाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं.१३ का ३५ वर्षीय सुजित कुमार साह र १९ वर्षीय रामजिवन महरालाई नाइट्रोभेट ट्याब्लेट ४५ पिस रस्पास्मो प्रोक्सिभोन प्लस ८ पिस सहित नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ।


























