काठमाडौं, मंसिर १ । सन् २०२० को अक्टोबरसम्ममा हवाईमार्गबाट आउने पर्यटकको आगमन ८१.४ प्रतिशतले घटेको छ। अर्थ मन्त्रालयले दिएको जानकारी अनुसार यस अवधिसम्ममा नेपालमा हवाई माध्यमबाट एक लाख ८० हजार १३१ जना पर्यटक आएका छन्।
अघिल्लो वर्ष २०१९ को अक्टोबरसम्ममा नौ लाख ६६ हजार जना पर्यटक हवाई मार्गबाट नेपाल आएका थिए। कोभिड-१९ को विश्वव्यापी महामारीको कारण आन्तरिक र बाह्य आवागमनको लागि हवाई तथा स्थल यातायात बन्द छ। यातायातका साधन बन्द हुँदा त्यसको प्रत्यक्ष प्रभाव पर्यटक आगमनमा पर्दै आएको छ।
Facebook Comments


























