कार्तिक २९ । अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडनले जर्जिया राज्यमा फेरि गरिएको गणनामा पनि जितेका छन्। जर्जियामा हातैले गनेर फेरि गरिएको गणनामा पनि बाइडेनले जित हात पारेका हुन्। यो मतपरिणामले बाइडनले राष्ट्रपति चुनावमा फराकिलो अन्तरले जितेका छन्।
बाइडेनको पक्षमा अब ३०६ इलेक्टोरल मत पुगेको बीबीसीले जनाएको छ। सन् १९९२ पछि जर्जिया राज्यमा जित्ने बाइडेन पहिलो डेमोक्र्याटिक उम्मेदवार पनि बनेका छन्। पदासीन राष्ट्रपति रहेका रिपब्लिकन उमेद्वार डोनल्ड ट्रम्पले नोर्थ क्यारलाइनामा जित्दा २३२ इलेक्टरल मत मात्र पुगेको छ। चुनावमा पराजय भए पनि उनले अहिलेसम्म हार स्वीकारेका छैनन्। एजेन्सी
Facebook Comments


























