चितवन, कार्तिक २८ । नारायणी नदिमा हाम फालेकी एक युवतीको प्रहरीले उद्धार गरेको छ। बिहिवार दिउँसो ३ बजेतीर नारायणीको पुलबाट नदिमा हाम फालेकी उनको प्रहरीले तत्कालै उद्धार गरेको हो। खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रघु बिष्टको कमाण्डमा खटिएको टोलिले २२ बर्षिया ती युवतीको उद्धार गरेको हो।
वडा प्रहरी कार्यालय नारायणगढका अनुसार उद्धार गरिएकी युवतीको चितवन मेडिकल कलेजमा उपचार भैरहेको। युवती के कति कारणले नदिमा हाम फालेकी हुन् भन्नेबारे अनुसन्धान चलिरहेको छ।
Facebook Comments


























