चितवन, कार्तिक २४ । भरतपुर महानगरपालिकाले १ सय ६२ जना छात्राहरुलाई साइकल सहयोग गरेको छ। भरतपुरको १७, २४, २५, २६, २७ र २८ नम्बर वडाका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई साइकल सहयोग गरेको हो। जोखिममा परेका महिलासँग मेयर कार्यक्रम अन्र्तगत किशोरीहरुलाई साइकल सहयोग गरिएको हो।
महानगरले यसअघि १३, १४, २२, २३ र २४ नम्बर वडाका १७ विद्यालयका १ सय ३५ जना विद्यार्थीलाई साइकल सहयोग गरिसकेको थियो। महानगरले १२ वटा वडाका ३ सय ३० जना छात्रालाई साइकल वितरण गर्ने जनाएको छ। मेयर रेनु दाहालले विद्यालय पहुँच सहज गराउन साइकल सहयोग गरेको बताईन्। मेयर दाहालले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको बताईन्।
Facebook Comments


























