कार्तिक २४ । नव गायक आशिषकार्कीले आफ्नो कला र अनुभव मार्फत नेपाली संगीत क्षेत्रमा निकै उत्कृष्ट पप गीत प्रस्तुत गरेका छन्। बाल्यकाल देखिनै नेपाली गीत संगीतमा निपुर्ण, गायनमा रमाउने तथा विध्यालय पनि एच्छिक विषय संगीत लिई होलि गार्डेन मा.वि. मा अध्यन गरेका। विभिन्न सांगीतिक वाध्यबाधक बजाउनु निपुर्ण नव गायक आशिष हल्क कार्की आफ्नै शब्द रचना,संगीत, अभिनय तथा उत्कृष्ट गायनका साथ नेपाली पप संगीतको आकाशमा लामो दौड, दौडनेगरि आफ्नै आर्टिस्ट YOUTUBE च्यानलबाट AASHISH HULK KARKI को एक्लो यो रात (https://www.youtube.com/watch?v=XA_Xzs-69zE) नेपाली संगीत प्रेमी,दर्शक,श्रोता माझ लिएर आएका छन्।
नेपाली संगीत प्रेमीको मन मस्तिकमा बस्न सक्ने र युवा माझ लोकप्रिय बन्ने अपेक्षा सहित नेपाली संगीत छेत्रमा प्रवेश गरेका नव गायक कार्कीले माया र प्रेम भरिएको “एक्लो यो रात”गीतको,नेपाली संगीत क्षेत्रमा स्थापित तथा लोकप्रिय म्युजीक भिडियो निर्देशक अनुप चापागाईंले राम्रो अभिनय क्षमता, रूपकीरानी र भविष्यमा आशा बोकेकी नव नायीका सील्पा थापालाई निसल पौडेलको रेड ड्रागन क्यामरा मार्फत पर्दामा उतारेका छन्।
नेपाली सिने नगरीमा उत्कृष्ट साउण्ड ईन्जीनीयरको रुपमा परिचित तथा कैयो अवार्ड जीतेका श्याम स्वेत रसाईलीको एरेन्ज,मीक्सिङ्ग र मास्टरिंगले सुनमा सुगन्ध थपेको गीत “एक्लो यो रात” माया र प्रेमका पारखीहरुलाई मन्त्र मुग्ध बनाउने गरि विकाश दाहालले सम्पादन गरेका छन् । विष्णु कार्कीको निर्माण रहेको “एक्लो यो रात” पप संगीतमा रुची राख्ने नवगायक, रचानकार, संगीतकार तथा नायकको रुपमा दमदार प्रस्तुति सहित संगीतमा आफ्नो उज्ज्वल भबिस्य बोकेर,केहि सिकेर आशिष कार्की नेपाली गितसंगीतको बाटोमा लम्किएका छन् ।


























