मोरङ, कार्तिक २२ । मोरङको पथरीशनिश्चरे ८ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृतक सुनसरीको रामधुनी–८ घर भएका ४५ वर्षीय सुवरलाल चौधरी रहेको पथरी प्रहरीले जनाएको छ। साँझ ६ बजेतिर एक घरमा बिद्युतका काम गरिरहेका उनी करेन्ट लागेर घाइते भएका थिए। उनको उपचारको क्रममा मोरङ अस्पताल पथरीमा मृत्यु भएको प्रहरीले जनाएको छ।
Facebook Comments


























