काठमाडौं, कात्तिक २१ । काठमाडौं चन्द्रागिरि नगरपालिका, नागढुंगाबाट स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। शुक्रबार बिहान चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेिएको डिएसपी घनश्याम श्रेष्ठले बताए। पक्राउ पर्नेमा पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका-२का ४० वर्षीय व्यास गुप्ता छन्।
प्रहरीले बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुवाहक बस महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गरेको थियो। गुप्ता सोही बसमा सवार थिए। उनले आफ्नो झोला र कम्मरपेटी ती रकम लुकाएर ल्याएका थिए। प्रहरीका अनुसार ती रकम एक हजार नोटका थिए। यससम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Facebook Comments


























