काठमाडौं, कार्तिक २१ । स्रोत नखुलेको रकम रु ४० लाखसहित नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का ब्यास गुप्ता पक्राउ परेका छन्।
बुटवलबाट आएको रात्रि बसका यात्रीका सरसामान निरीक्षण गर्ने क्रममा गुप्ताबाट उक्त रकम बुरामद गरिएको हो। चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा आज यात्रीका सामान जाँच्दा स्रोत नखुलेको उक्त रकमसहित गुप्तालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रारम्भ गरिएको नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागले जनाएको छ। यसैबीच, काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर सङ्गमबस्तीबाट लागूऔषध ब्राउन सुगरसहित तीनजना युवक पक्राउ परेका नयाँ बानेश्वरस्थित महानगरीय प्रहरी वृत्तले बताएको छ। रासस
Facebook Comments


























