जाजरकोट, कार्तिक २० । छेडागाड नगरपालिका ६ का चार वर्षीय सुभाष न्यौपानेको मृत्यु भएको छ। काठले च्यापेर घाइते भएका न्यौपानेको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा छेडागाड –५ बडाबनमा आज मृत्यु भएको हो। समयमै उपचार नपाउँदा उनको मृत्यु भएको हो। नजिक स्वास्थ्य संस्था नहुँदा घाइते बालकको आज मृत्यु भएको हो। रासस
Facebook Comments




















