काठमाडौं, कार्तिक २० । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तानान्तरण गरेका छन्। भारत सरकारको तर्फबाट नरवणेले नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, ल्याब उपकरण, एम्बुलेन्सलगायतका स्वास्थ्य सामाग्री प्रदान गरेका हुन्।
कोभिड–१९ महामारीविरुद्धको लडाइमा अझ सघाउ पुर्याउन नेपाली सेनालाई थप भेन्टिलेटर पनि उपहार स्वरुप प्रदान गरिएको छ। यस अघि गत जुलाईमा भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको थियो।
Facebook Comments




















