पाँचथर, कार्तिक २० । फिदिम नगरपालिकामा दुई हप्ताकालागि निषेधाज्ञा जारी गरीएको छ। समुदाय स्तरमा कोरोना फैलन सक्ने भन्दै रोकथाम तथा व्यवस्थापनका लागि दुई हप्ताका लागि निषेधाज्ञा जारी गरिएको बताईएको छ।
फिदिम नगरपालिकामा हिजो बसेको बैंठकले दुई हप्ताका लागि बजारक्षेत्र, व्यवसाय, तथा शैक्षिक क्षेत्र बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख ओनाहाङ नेम्बाङले जानकारी दिए। फिदिम नगरपालिका–१ बजार क्षेत्रमा २४ जनामा गरिएको परीक्षणमा १४ जनामा पीसीआर रिपोट पोजेटिभ आएपछि निषेधाज्ञा गर्नु परेको नगरपालिकाले जनाएको छ।
Facebook Comments




















