चितवन, कार्तिक २० । चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ का ८२ वर्षीय वृद्धको उपचारका क्रममा आज बिहान १ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।
कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार अस्पताल भर्ना भएका थिए।
Facebook Comments


























