कार्तिक १९ । विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा अहिले राष्ट्रपतिका लागि चुनाव भईरहेको छ। मतदान सकिएपछि अहिले धमाधम मत गणना भईरहेको छ।रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेद्वारमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेद्वारमा रहेका जो बाइडेनबीच कडा प्रतिष्पर्धा भईरहेको छ। अहिलेसम्म ट्रम्प बाइडेन भन्दा पछि परेको देख्न सकिन्छ।
यसैबीच ट्रम्प बाइडेन भन्दा २३ इलेक्टोरल भोटल पछि रहेका छन्। हालसम्म ट्रम्पले २१३ इलेक्टोरल भोट पाएका छन् भने बाइडेनले २३६ इलेक्टोरल भोट पाएका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोटको गणनामा केहि ठाउँमा धाँदली भएको बताएका छन्।
उनले भने, ‘धेरै ठाउँमा मत गणनामा धाँदली भएको छ, तर पनि हामी जित्छौँ, हामी सर्वोच्च अदालतमा जानेछौँ र भोट रोक्ने माग गर्नेछौँ, मतदान सकिसकेपछि पनि डेमोक्रेटिक पार्टीले भोट हालीरहेको छ, म आफ्ना भोटरहरुलाई धन्यवाद दिन चाहान्छु।’ एजेन्सी




















