काठमाडौं, कार्तिक १९ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको विरोधमा माईतिघरमा प्रर्दशन भएको छ। माइतीघर मण्डलामा २१ दलीय मोर्चाको नाममा भेला भएर केही व्यक्तिले विरोधम प्रर्दशन गरेको हो।
उनीहरुले नेपालको सार्वभौमिकताको अपमान गर्ने सेनापतिलाई सरकारले किन निम्त्यायो भन्दै यो विषय आश्चर्यजनक भएको उनीहरुको भनाई छ। करिब तीन दर्जशन व्यक्तिहरुले माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। हाल प्रदर्शनस्थलमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारसहितका प्रहरी अधिकारी पुगेका छन्। प्रदर्शनकारीलाई हालसम्म धरपकड गरिएको छैन।
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो उनी काठमाडौं आइपुगेका हुन्।
Facebook Comments




















