काठमाडौं, कार्तिक १९ । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे तीन दिने औपचारिक भ्रमणका क्रममा आज काठमाडौं आइपुगेकाछन्। भारतीय वायु सेनाको विमानमार्फत उनी बुधबार काठमाडौं आइपुगेकाहुन्। नेपाली सेनाको निमन्त्रणमा मानार्थ महारथी सम्मान ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष नरवणे नेपाल आएकाहुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवाणेको भ्रमण टोली दुई वटा विमानमा काठमाडौं आएको छ। भ्रमणका क्रममा नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह लगाउने कार्यक्रम रहेको छ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने बताइएको छ। कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारतले नक्सा जारी गरेपछि दुई देशबीचको सीमा विवाद उत्कर्षमा छ। भारतले लिम्पियाधुरासम्म पुग्ने सडक खोलेपछि नरवणेले दिनुभएको अभिव्यक्तिको नेपालका चौतर्फी विरोध भएको थियो। त्यसयता दुई मुलुकबीच राजनीतिक र कुटनीतिक तहमा संवाद नभइरहेका बेला हुनलागेको नरवणेको भ्रमणलाई चासोका साथ हेरिएको छ।




















