काठमाडौं, कार्तिक १७ । काठमाडौं महानगरपालिका १४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं बानेश्वर बस्ने कैलाली टीकापुर घर भएका १८ वर्षीय किशोर छन्। महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले ती किशोरले उक्त एटीएम फोड्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
Facebook Comments




















