मुम्बई, कार्तिक १७ । बलिउड अभिनेता शाहरुख खान ‘रोमान्सका किङ’ को आज जन्मदिन परेको छ। उनलाई बलिउडको ‘बादशाह’ उपनामले पनि चिनिने गरिन्छ। सन् १९६५ नोभेम्बर २ मा दिल्लीमा जन्मिएका उनी आज ५५ औँ जन्मदिन मनाउने तयारीम छन्। उनले फिल्म ‘दिवाना’ बाट बलिउडमा डेब्यु गरेका थिए । खासमा उनले अभिनय यात्रा टेलिभिजनमा सिरियल ‘फौजी’ बाट सुरु गरेका थिए।
शाहरुखले अभिनय गरेका फिल्ममा कुछ कुछ होता हे, बाजिगर, दिलवाले दुल्हनिया ले जायंगे, मोहब्बते, चल्ते चल्ते, कोइला, करण अर्जुन, माइ नेम इज खान, ओम शान्ती ओम, रब ने बनादी जोडी, रा वन, डन, चेन्नाई एक्सप्रेस, अिझै पनि चर्चामा छन्। उनले अभिनय गरेको फिल्म ‘दिलवाले दुल्हनिया ले जायंगे’ २५ बर्षदेखि भारतमा रिलिज भैरहेको छ।
एउटा सामान्य परिवारमा जन्मिएर आफ्नो लगनका साथ अभिनयमा लागेका उनी विश्वको दोश्रो धनी कलाकार बनेका छन्। दुबईमा परिवारको साथमा छुट्टी मनाइरहेका शाहरुख खानको मन्नत गाडी जन्मदिनमा एक विशेष सेलिब्रेशन हुने गरेको छ।
तर यो वर्ष कोरोना महामारीको कारण आफ्ना सबै फ्यानहरुलाई दुरी कायम राख्न र भिड नगर्न आग्रह गरेका छन्। उनले भनेका छन् ‘यो पटकको माया थोरै टाढैबाट बाड्यौँ।’ एजेन्सी


























