नवलपुर, कार्तिक १७ । पूर्वी नवलपरासीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। देवचुली नगरपालिका ११ निवासी ८० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो। कात्तिक १२ गते चितवनस्थित चितवन मेडिकल कलेजमा भर्ना भएका ती पुरुषको १३ गते कोरोना पुष्टी भएको थियो।
आईसीयूमा राखिएका उनको आइतबार राति १०स्४५ मा मृत्यु भएको देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद श्रेष्ठले जानकारी दिए। योसहित पूर्वी नवलपरासी जिल्लामा कोरोना संक्रमण भएका २३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले बताए।
जिल्लामा कुल १ हजार ७ सय २३ जनालाई संक्रमण भएकोमा १ हजार २ सय १५ जना संक्रमणमुक्त भइसकेका छन्। अब ४ सय ८५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।
Facebook Comments

























